काठमाडौं । कुमारी बैंकबाट लिएको ऋण चुक्त्ता गर्न नसकेपछि धनुषा सिमेन्ट उद्योग लिलामीमा गएको छ । कुमारी बैंकले सिमेन्ट उद्योगका सञ्चालकद्वय श्याम सुन्दर अग्रवाल र प्रमोदराज अग्रवालसँगै जमानीकर्ताको तीन पुस्ते विवरण सार्वजनिक गर्दै ऋण चुक्त्ता गर्न बोलाएको थियो ।
बैंकले माघ ७ गते ३५ दिने सूचना जारी गर्दै ऋण तिर्न भनेपनि उनीहरु नआएपछि बैंकले कम्पनीको नाममा रहेका सम्पत्ति लिलामीमा राखेको हो । २०७५ सालमा दर्ता भई सञ्चालनमा आएको धनुषा सिमेन्ट इन्ड्रसूटज प्रालिको स्वामित्वमा रहेको सम्पत्ति लिलाम गरेर बैंकले ऋण असुली गर्न लागेको हो । बैंकले असार १५ गतेसम्म लिलामीमा खरिद गर्न भनेको थियो ।