काठमाडौ । सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपाली बजारमा जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन् । यसमा प्रिमियम फिचरहरू उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटर छ ।
यो बड्सको मूल्य नेपालमा मात्र सात हजार तीन सय ९९ रुपैयाँ तोकिएको छ । यसमा संगीत, कल, र भ्वाइस असिस्टेन्टका लागि टच कन्ट्रोल, उपकरणहरूबीच सजिलै स्विच गर्नको लागि अटो स्विच र मल्टि–डिभाइस कनेक्टिभिटी, स्थिर र छिटो जोडिनका लागि ब्लुटुथ ५.४ र चार्जिङ केससहित ३५ घण्टासम्मको ब्याट्रीलाइफलगायतका सुविधाहरू रहेका छन् ।