काठमाडौ । शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनले एससीएसएमएफ स्पोर्टस् अवार्डद्वारा फुटबलका चर्चित व्यक्तित्व राजुकाजी शाक्य र राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ ।
फाउन्डेसनले आफ्नो वार्षिक एससीएसएमएफ स्पोर्टस् अवार्डको दोस्रो संस्करण कमलादीस्थित होटल रोयल सिङ्गीमा एक भव्य समारोहबीच सम्पन्न गरेको हो । नेपाली खेलकुदमा योगदान पुर्याएका स्थापित हस्ती र उदाउँदा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको फाउन्डेसनले जनाएको छ । यस वर्ष नेपाली फुटबलका पूर्वकप्तान राजुकाजी शाक्यलाई नेपाली फुटबलमा खेलाडी तथा प्रशिक्षकको रूपमा उनले पुर्याएको अतुलनीय र उत्कृष्ट योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो । शाक्यको नेतृत्वमा नेपालले दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।
त्यसैगरी, नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई देशमा भलिबल खेलको विकास र महिला खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न उनले पु¥याएको महत्वपूर्ण योगदानको लागि सम्मान गरिएको फाउन्डेसनले जनाएको छ ।