काठमाडौ । नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपाली वास्तुविद् समाज (सोना) बीच शैक्षिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्नका लागि शैक्षिक समझदारी कायम भएको छ । नेक र सोनाबीचको शैक्षिक साझेदारीले नेकमा शैक्षिक तथा व्यावसायिक गतिविधिहरूलाई थप समृद्ध बनाउने अपेक्षा गरिएको छ ।
समझदारी पत्रमा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी तथा सोनाका अध्यक्ष ईश्वरलाल जोशीले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार कलेजमा अनुसन्धान, वर्कसप, सेमिनार र विद्यार्थी संलग्नता कार्यक्रमहरूमा सहकार्यको ढोका खोल्नेछ । समझदारीमा इन्जिनियरिङ र वास्तुकलामा नवीनता प्रवर्द्धन गरिने, सीप विकास कार्यक्रम, दिगो र व्यावहारिक डिजाइनको प्रवद्र्धन गरिने, उद्योग र शिक्षा क्षेत्रबीचको सम्बन्ध मजबुत पार्ने तथा र विद्यार्थीको सिकाइका लागि विज्ञ वक्ताहरू बीच अन्तक्र्रिया, गोष्ठीहरू सञ्चालन गरिने उल्लेख छ । यो समझदारी पत्रले नेपालमा इन्जिनियरिङ र वास्तुकला शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने दिशामा एउटा महत्वपूर्ण कदम चालेको बताइएको छ ।