नयाँदिल्ली । थाइल्यान्डबाट भारतको मुम्बई आएको एक जहाजमा १६ वटा सर्पसहित एक यात्रु पक्राउ परेका छन् । भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित रोकेको बताएका छन् । योसहित भारतमा एक महिनाभित्रमा तीन पटकसम्म सर्प लिएर यात्रा गरेका यात्रुलाई पक्राउ गरिएको हो ।
‘भन्सार अधिकारीहरूले थाइल्यान्डबाट फर्केका यात्रुबाट जफत गरिएका १६ वटा जीवित सर्पसहित वन्यजन्तु तस्करीको अर्को प्रयासलाई विफल तुल्याएका छन्’, भारतीय वित्तीय केन्द्रको विमानस्थलमा भन्सार अधिकारीहरूले भने ।
आइतबार आइपुगेका यात्रुलाई पक्राउ गरिएको छ । भन्सार एजेन्सीले एक विज्ञप्तिमा भन्यो, ‘थप अनुसन्धान भइरहेको छ ।’ जीवित सर्पहरूमा प्रायः घरपालुवा जनावरको व्यापारमा बेचिने सरीसृपहरू समावेश थिए र धेरैजसो विषरहित वा मानिसहरूलाई असर गर्नसक्ने विष धेरै कमजोर थियो । तीमध्ये गार्टर सर्प, राइनो ¥याट सर्प र केन्याली स्यान्ड बोआ पनि थिए ।