काठमाडौँ , नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेता विनोद चौधरीले शेखर कोइरालामाथि कडा आलोचना गरेका छन्। सोमबार कोइरालाले चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न उठाउँदै पुरानो उदाहरण दिँदै सभापति देउवाको निर्णयप्रति आशंका व्यक्त गरेका थिए। जवाफमा मंगलबार चौधरीले कोइरालाको आलोचना गर्दै भने, “मेरो मनोनयन पार्टीको कानुनी परिप्रेक्ष्य र अदालतको निर्णयअनुसार भएको हो।”
चौधरीले कोइरालामाथि चुनावमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध काम गरेको गम्भीर आरोप पनि लगाए। उनले भने, “हृदय त्रिपाठीको पक्षमा बुथबुथमा मान्छे खटाएर आफ्नै पार्टीलाई हराउन खोज्ने नेताले नेतृत्वको दाबी गर्नु अनुचित हो।” उनले कोइरालाको गुटगत राजनीति नियन्त्रण गर्न माग गर्दै तत्काल कारबाहीको आग्रह समेत सभापति समक्ष राखेका छन् ।