काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार ३० गते जावलाखेलको प्रशासनिक प्रशिक्षण केन्द्रमा आफ्नो २३ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।