काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय ट्याक्सी कर्जा सुविधासम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्सअन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्नेछन् र सो कर्जाको अवधि पाँच वर्ष रहेको छ ।
सिद्धार्थ बैंकले यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्नसक्ने बैंकले जानकारी दिएको छ ।