काठमाडौं । शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्यरूपमा घटाएको छ । ६४ हजार नौ सय ९९ रुपैयाँ मूल्य रहेको १२÷५१२ जीबी भेरियन्टको शाओमी १४टी अब ५९ हजार नौ सय ९९ रुपैयाँमा पाइनेछ ।
शाओमी १४टी स्मार्टफोन नेपालभरका शाओमी स्टोर र आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिन्छ । उच्चस्तरीय क्यामेरा, शक्तिशाली प्रदर्शन र किफायती मूल्यका कारण शाओमी १४टी स्मार्टफोन उत्कृष्ट बन्न पुगेको छ । यो टाइटन ब्ल्याक, ग्रे र ब्लु तीन आकर्षक रङमा उपलब्ध छ । लाइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागसिप प्रदर्शनमा रहेको छ । घटाइएको नयाँ मूल्यले नेपाली प्रविधिप्रेमीहरूलाई अझ सजिलो हुने कम्पनीको दाबी छ ।
५० एमपी मुख्य, १२ एमपी अल्ट्रा–वाइड र ५० एमपी टेलिफोटो लेन्सबाट प्रोफेसनल फोटो र ४के भिडियो खिच्न सकिने क्षमता यसमा रहेको छ । साथै, यसको मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, शक्तिशाली चार नानोमिटर चिप र एलपीडीडीआर ५एक्स ¥यामले छिटो र सहज प्रयोग अनुभव दिलाउनेछ । १४४ हर्ज एमोलेड डिस्प्ले, छ दशमलव ६७ इन्चको स्क्रिन, १.५के रिजोल्युसन र एचडिआर१० प्लस सपोर्ट, स्मार्ट फोटो मोड, दृश्य पहिचान र ब्याट्री बचतका लागि आधुनिक एआई उपकरण समेत यसमा छ ।