काठमाडौं । विद्युतीय सवारी साधन प्रोटन इमासले नेपालको व्यावसायिक रियालिटी टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क नेपाल’सँग आफ्नो प्रायोजन साझेदारीको घोषणा गरेको छ । प्रोटन इमासले साहसी विचार र दिगो व्यावसायिक भिजनका साथ भविष्यलाई आकार दिने दूरदर्शी नेपाली उद्यमीहरूलाई समर्थन गर्ने भएकाले यो सहकार्यले नवप्रवर्तन र उद्यमशीलतालाई अगाडि बढाउने सामूहिक प्रयासलाई टेवा पुर्याउने कम्पनीले जनाएको छ । यो साझेदारीले नेपालका भविष्यका उद्यमीहरूलाई थप प्रोत्साहित गर्न मद्धत गर्ने कम्पनीको विश्वास छ ।
नेपालका लागि प्रोटोनका अधिकृत डिलर जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार सहकार्यपछि, प्रोटन इमास ’शार्क ट्याङ्क नेपाल’मा यस सिजनभर प्रमुखताका साथ प्रस्तुत हुनेछ । यसले दर्शकहरूलाई प्रोटोन इमासको नवीन ईभी प्रविधि र दिगो उद्देश्यको भित्री झलक दिनेछ ।