काठमाडौं । शेयर बजार परिसुचक नेप्से २७ सय बिन्दु नजिक पुगेको छ । अघिल्लो दिन २८ दशमलव ९१ अंकले उकालो लागेको नेप्से परिसुचक आज बुधबार पुन: ३४ दशमलव ४२ अंकले उकालो लागेर २६ सय ९४ दशमलव ८२ बिन्दुमा चढेको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५२ अंकले उकालो लागेर चार सय ६२ दशमलव २७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ८९ हजार चार सय ६८ पटकको कारोबारमा तीन करोड एक लाख ८२ हजार तीन सय ४१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम नौं अर्ब ७४ करोड ४८ लाख ४३ हजार तीन सय ७५ रुपैंयाँ ८६ पैसा पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।