काठमाडौं ।क्रिप्टो कारोबार र ठगीमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५२ जनालाई पक्राउ गरेको छ। ललितपुरको दमकल चोकस्थित एक घरमा चिनियाँ समूहले सञ्चालन गरेको कल सेन्टरमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो।
‘मेटो नामक डाटिङ एपमार्फत युवतीहरू प्रयोग गरी ठगी धन्दा चलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ। काठमाडौंको चागलस्थित अर्को कार्यालयमा पनि छापा मारिएको छ, जहाँबाट ठगीमा प्रयोग भएका डिभाइस र स्रोत नखुलेको १३ लाख रुपैयाँ नगद बरामद गरिएको छ। प्रहरीका अनुसार चिनियाँ समूहले सफ्टवेयर कम्पनीको आवरणमा गैरकानुनी क्रियाकलाप गर्दै आएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।