काठमाडौं । जीवन बीमा कम्पनीहरूको सक्रिय जीवन बीमालेखको कुल संख्या एक करोड ३८ लाख ३६ हजार तीन सय ७५ पुगेको छ । यस्तै, चालू आर्थिक वर्ष २०८१/८२को ११ महिना (साउन–जेठ)सम्म सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले एक खर्ब ५४ अर्ब पाँच करोड ९२ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्म राष्ट्रिय जीवन बीमा कम्पनीको सक्रिय जीवन बीमालेखको संख्या पाँच लाख ६१ हजार पाँच सय ६७ छ । यस्तै, यो बीमा कम्पनीले चालू आर्थिक वर्षको ११ महिनामा नौ अर्ब ६४ लाख दुई हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि १५ लाख २१ हजार पाँच सय २९ बीमालेख संख्यामार्फत ११ महिनामा कुल १८ अर्ब ९० करोड ४६ लाख ७४ हजार रुपैयाँ संकलन गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि २० लाख ८१ हजार २२ बीमालेखमार्फत यस आर्थिक वर्षको ११ महिनामा ४१ अर्ब दुई करोड ४४ लाख २३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले पनि गत जेठ मसान्तसम्म कुल छ लाख ८३ हजार नौ सय ५६ वटा बीमालेख जारी गरेको छ । त्यसबाट गत ११ महिनामा कम्पनीले १७ अर्ब २४ करोड १६ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
मेटलाइफ इन्स्योरेन्स कम्पनीले सात लाख ६२ हजार एक सय २३ सक्रिय जीवन बीमालेखबाट पाँच अर्ब ५४ करोड ५१ लाख ६८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि गत ११ महिनामा आठ लाख ६५ हजार सात सय २० वटा सक्रिय जीवन बीमालेखबाट सात अर्ब ८६ करोड १२ लाख २७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पनि सात लाख पाँच हजार एक सय ६७ वटा सक्रिय जीवन बीमालेखमार्फत चार अर्ब ७२ करोड १८ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि १० लाख ३३ हजार चार सय ६१ वटा सक्रिय जीवन बीमालेखमार्फत गत ११ महिनामा तीन अर्ब ७३ करोड ८९ लाख २६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत जेठ मसान्तसम्म २५ लाख १० हजार दुई सय ३१ वटा जीवन बीमालेख जारी गरेको छ । त्यसबाट चालू आर्थिक वर्षको ११ महिनामा चार अर्ब ५५ करोड ७६ लाख नौ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पनि नौ लाख ८८ हजार चार सय ५४ वटा बीमालेखमार्फत छ अर्ब ३२ करोड ७४ लाख ५८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पनि सात लाख ८१ हजार ८७ वटा बीमालेखमार्फत नौ अर्ब ४५ करोड ८१ लाख ८१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पनि गत जेठ मसान्तसम्म छ लाख ६६ हजार नौ सय १२ वटा बीमालेख जारी गरेको छ । ती बीमालेखमार्फत इन्स्योरेन्सले यस आर्थिक वर्षको ११ महिनामा पाँच अर्ब ९० करोड २९ लाख ७८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले पनि चार लाख ११ हजार ६४ सक्रिय बीमालेखमार्फत १५ अर्ब २२ करोड २० लाख १५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि गत जेठ मसान्तसम्म कुल दुई लाख ६२ हजार नौ सय ९२ वटा बीमालेख जारी गरेको छ । जसबाट यस आर्थिक वर्षको ११ महिनामा कुल चार अर्ब ५४ करोड ६६ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।