चन्द्रपुर (रौतहट) । रौतहटमा बिहीबार बिहान फतुवा बिजयपुर(२ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले करेन्ट लागी गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैया बारामा मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।