काठमाडौं । साइबर अपराधको आरोपमा मुद्दा दायर भएपछि पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। बिहीबार अदालतमा उपस्थित भएका पाठकमाथि न्यायाधीश खेमराज भट्टराईको इजलासमा थुनछेक बहस सम्पन्न भएको थियो।
युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा १६ असारमा नेपाल प्रहरीको साइबर ब्यूरोले उनीविरुद्ध मुद्दा दायर गरेको हो। हिल्टन होटलसम्बन्धी भिडियोमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको नाम जोडिएको भन्दै साइबर ब्यूरोमा उजुरी परेको थियो। उच्च अदालतले पूर्व आदेशमार्फत पक्राउ नगर्न भनेकाले प्रहरीको अनुरोधमा उनलाई पक्राउ नगरी मुद्दा दायर गरिएको थियो।