रुस । रुसको कुर्स्क क्षेत्रको सीमा क्षेत्रमा जारी भिडन्तका क्रममा रुसी नौसेनाका उपकमाण्डर मेजर जनरल मिखाइल गुडकोभको मृत्यु भएको छ। रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार संस्था आरआइएले उनको मृत्यु २०२५ जुलाई २ मा भएको पुष्टि गरेको हो।
४२ वर्षीय गुडकोभ सन् २००० देखि सेनामा कार्यरत थिए र २०२३ मा राष्ट्रपति भ्लादिमिर पुटिनले ‘हिरो अफ द रसियन फेडेरेसन’ उपाधिले सम्मान गरेका थिए। उनी युक्रेन युद्धमा मारिएका वरिष्ठ रुसी सैन्य अधिकृतमध्ये एक हुन ।
रुसको सुदूर पूर्वको प्रिमोरी क्षेत्रका गभर्नर ओलेग कोझेम्याकोले गुडकोभलाई कर्तव्यमा अडिग बलियो योद्धाूभन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनी पूर्व गार्ड्स नेभल इन्फेन्ट्री ब्रिगेडका कमाण्डरसमेत थिए।
कुर्स्क क्षेत्रमा युक्रेनी सेनासँगको भिडन्त अझै जारी छ, यद्यपि रुसले गत अप्रिलमा उक्त क्षेत्र पुनः नियन्त्रणमा लिएको दाबी गरेको छ।रासस