काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधानमा गरिएको हेरफेरप्रति आपत्ति जनाउँदै संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको छ।
पार्टी सचिवालयको बैठकपछि प्रवक्ता मनिष झाले विधायिकी प्रक्रियामाथि चलखेल असह्य रहेको बताउँदै संसद्को गरिमा जोगाउने पक्षमा रास्वपा स्पष्ट रहेको बताए।
बैठकमा रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया, भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठनको माग, र गृहमन्त्रीको राजीनामाको मागलाई निरन्तरता दिने निर्णय पनि भएको छ।
रास्वपाले केन्द्रीय संगठन विभागमा प्रमीला भुसाल, मानकुमार लामा र सुशील अधिकारीलाई सदस्यमा मनोनीत गर्दै विभागीय सक्रियता तीव्र बनाउने निर्णयसमेत गरेको छ।