काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा नं ३ उनापानीमा भएको आगलागीमा परेका आठवटा घरलाई आवश्यक राहतस्वरूप खाद्यान्न सामग्रीलगायत लत्ताकपडाहरू वितरण गरेको छ । घर जलेर घरबारविहीन भएका परिवारहरूलाई सानै भए पनि सहयोग गर्न पाउँदा पीडितहरूलाई केही दिनको लागि भए पनि सहजता आउने विश्वास बैंकले लिएको छ ।
पीडितहरूलाई राहत वितरण कार्यक्रममा बैंकका कर्णाली प्रदेश सर्केगाड शाखाका शाखा प्रमुखलगायत अन्य कर्मचारी तथा टोलका समाजसेवीको उपस्थिति थियो । वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, तेल र अन्य सामग्री एवं लत्ताकपडा, कुकर, डाडु तथा पीठो रहेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानमा स्वस्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एंव मठमन्दिरहरूमा सहयोग गरिसकेका छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन–पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोन–पे’ क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।