काठमाडौं । काठमाडौ असार १९ । टाटा मोटर्सको ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बिहीबारदेखि सो कार्यक्रम शुरु गरेको हो ।
असार २३ गतेसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्रान्डका पेसेन्जर श्रेणीअन्तर्गतका नयाँ टियागो ईभी, पञ्च ईभी, नेक्सन के ३ ईभी, र कभ ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिनेछ । यस्तै, हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्याण्ड भ्रमण, साथै एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारीकर (भ्याट), एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान र एम्बोस्ड नम्बर प्लेटजस्ता सुविधा निःशुल्करूपमा प्राप्त गर्न सक्नेछन् । सो अवसरमा ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्याङ्कन गर्दा ग्राहकहरूलाई आकर्षक उपहारहरू प्रदान गरिनेछ । साथै, एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप आईफोन १६ जित्ने अवसर समेत पाउनेछन् ।
पाँच दिनसम्म सीमित यस कार्यक्रमको अवधिमा टाटा मोटर्सको देशभर रहेका अधिकारिक सोरूमहरूमा यो कार्यक्रम सञ्चालनमा हुनेछ । सिप्रदी ट्रेडिङले विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ ‘७.७ डिल्स लाइक नेभर विफोर’लाई उपभोक्तामैत्री र मूल्यवर्धित अवसरका रूपमा प्रस्तुत गरेको हो ।