काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवं वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर ईभी सार्वजनिक गरेको छ । कम्पनीले हालै काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी एमजी विन्डसर ईभी सार्वजनिक गरेको हो । भारतमा निर्मित यस गाडीले व्यावहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको जनाइएको छ । विन्डसर ईभीले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराउँछ, जसले यो परिवार र व्यावसायिक व्यक्तिहरूका लागि उत्तम विकल्प बनाउँछ । यसमा एक सय ३५ डिग्री रेक्लाइन हुने एरो–लाउन्ज सिटहरू, छ सय चार लिटरको ठूलो बुट स्पेस र १५ दशमलव छ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ ।
कम्पनीका अनुसार विन्डसर ईभीमा शक्तिशाली मोटर पावर रहेको छ, यसले सहर र हाइवेको ड्राइभलाई सहज बनाउँछ । यसको ३८ किलोवाट ब्याट्रीले तीन सय ३२ किमीको भरपर्दो रेन्ज प्रदान गर्छ । साथै, वायरलेस चार्जिङ सुविधाले थप सहजता दिन्छ भने एप्पल र एन्ड्रोइड कारप्ले इन्टिग्रेसनले कनेक्टिभिटीलाई सहज बनाउँछ । प्रिमियम अपिल बढाउन यसमा लेदरेट सिटहरू र स्मार्ट फ्लस डोर ह्यान्डल पनि राखिएका छन् । सुरक्षाका लागि यसमा छ वटा एयरब्याग राखिएको छ । साथै, यो आईपी ६७ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्टहरू पार गरेको छ । छ स्पिकर सिस्टमले गाडीभित्रको मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउँछ भने एक सय ८६ मिमि ग्राउन्ड क्लियरेन्सले सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्छ ।
विन्डसर ईभीमा आठ वर्षको ब्याट्री वारेन्टी रहेको छ । साथै, नेपालभर फैलिएको एमजीको डिलर नेटवर्कले बिक्री र सर्भिसमा उत्कृष्ट सेवा अनुभव गराउनेछ । एमजी मोटर्स नेपालका प्रवक्ता सुनील बहादुर क्षेत्रीले एमजी विन्डसर ईभीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको बताए । यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्ने उनको भनाइ छ । पारामाउन्ट मोटर्स प्रालिले सधैँ उच्च गुणस्तरीय, नवप्रवर्तनयुक्त र दिगो अटोमोटिभ समाधानहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम राख्दै आएको छ । नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूमा एमजी ४ ईभी, एमजी कोमेट ईभी, एमजी जेडएस ईभी र एमजी एस ५ ईभी छन् ।