काठमाडौं । महोत्तरीको बर्दिबासमा रहेको रामजानकी अटोले बिर्ता फुटबल मैदान, गौशालामा प्लाटिना मोटरसाइकलको ‘माइलिज च्याम्पियन’ कार्यक्रम आयोजना गरेको छ ।

मोटरसाइकलको माइलेज प्रतिस्पर्धामा कुल ६५ सहभागीहरूले आ–आफ्नो दक्षता प्रस्तुत गरेका थिए । यस प्रतिस्पर्धामा चन्देश्वर सिंहले ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी विजेता बन्न सफल भएका छन् ।