वीरगञ्ज (पर्सा) । भन्सार छलेर ल्याइएका १८ लाख ५५ हजार ३५५ बराबरका कपडा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले बरामद गरेको छ । वीरगञ्ज भन्सार कार्यालयलाई बरामद सामग्री बिहीबार नै हस्तान्तरण गरिएको छ ।
सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले भन्सार छलेर ल्याइएका कपडा वीरगञ्ज महानगर–१ स्थित छपकैया र नदिया टोलका गोदामबाट बिहीबार बरामद गरिएको बताए । चालु आर्थिक वर्षको असार १० गतेसम्म ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० बराबरका सामान सशस्त्र प्रहरीको टोलीले बरामद गरेको उनले जानकारी दिए ।
“भन्सार छलेर ल्याइएका २७ करोड ५६ लाख ५६ हजार ४८७ बराबरका सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेका छौँ”, सूचना अधिकारी सिंहले भने, “सोही अवधिमा बिलबिजक नभएका १० करोड ७१ लाख २३ हजार ४०३ मूल्य बराबरका सामगैी राजस्व अनुसन्धान कार्यालयलाई बुझाइएको छ ।”