काठमाडौँ, आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने सरकारी कर्मचारीहरूलाई पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ।अर्थ मन्त्रालयले सबै मन्त्रालय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा नियामक निकायहरूलाई यो व्यवस्था लागू गर्न परिपत्र पठाएको छ।
यो प्रणाली लागू नगरेर उत्पन्न हुने कुनै पनि आर्थिक दायित्व नेपाल सरकारले नबेहोर्ने स्पष्ट गर्दै मन्त्रालयले समयमै व्यवस्था गर्न अनुरोध गरेको छ। यसअघि नियुक्त भएका कर्मचारीहरू पुरानै पेन्सन प्रणालीमा रहनेछन् भने नयाँ प्रणालीले राज्यको वित्तीय दायित्व दीर्घकालीन रूपमा घटाउने अपेक्षा गरिएको छ।
