भोजपुर ,भोजपुर नगरपालिका–२ हेलौछाका २७ वर्षीय राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका छन्।घटनास्थल रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा भएको हो। उनले शनिबार राति १:१५ बजे आफैं प्रहरी कन्ट्रोल रुममा फोन गरी हत्या गरेको स्वीकार गरेका थिए। प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु मन्जु गिरी, १६ वर्षीया श्रीमती र १० वर्षीय सालोको शव फेला परेको थियो। आरोपी राईलाई घाइते अवस्थामा ५ किलोमिटर टाढा फेला पारिएको हो। उनको पेटमा धारिलो हतियारको चोट देखिएको छ र हाल जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक बयानमा उनले ‘सासुले चक्कु प्रहार गरेपछि आफूले हत्या गरेको’ दाबी गरेका छन्।प्रहरी अनुसन्धान जारी छ।