काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले एसी हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक दायित्वअन्तर्गतको कार्यक्रममा फाइनान्सले आफ्नो वीरगंज शाखामार्फत आरएम केडिया आँखा अस्पताल, वीरगंजलाई दुई थान एसी सहयोगस्वरुप हस्तान्तरण गरेको हो ।
विगत ५ दशकदेखि सर्वसाधारणलाई सेवा पुर्याउँदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ । सुरुवातमा ५ वटा बेडबाट सुरु भएको अस्पताल, यो समयमा १७५ बेडमार्फत बिरामीहरूलाई सेवा पुर्याउँदै आइरहेको छ । प्रतीक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्यनजर राख्दै फाइनान्सले केडिया अस्पताललाई एसी सहयोग गरेको जनाएको छ ।
समाजको सेवामा सदैव तत्पर मन्जुश्रीले सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरूलाई आफ्ना विभिन्न साखाहरूमार्फत सहयोग पुर्याउँदै आइरहेको पाइन्छ । फाइनान्सले हालसम्म २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब २० करोड रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । फाइनान्सले हालको मितिसम्म एक लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा पुर्याउँदै आइरहेको जनाएको छ ।