काठमाडौं । टीभीएस अपाचे शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बनेको छ । अमेरिकी रियालिटी सोको नेपाली संस्करण शार्क ट्याङ्क नेपालको प्रमुख प्रस्तुतिकर्ता ब्रान्डको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई रहने जनाइएको छ ।
यो व्यावसायिक रियालिटी सोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आईडियाहरू प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ, जहाँ उनीहरूले मार्गदर्शन, मेन्टरसिप र जीवन परिवर्तन गर्ने लगानी पाउन सक्नेछन् । टीभीएस र रियालिटी सोको यो सहकार्यले नेपाली युवा उद्यमीहरू र नयाँ व्यवसायहरूलाई सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ । ‘जसरी अपाचे आरटीआर १६० एसईले सडकमा आत्मविश्वास र शुद्धता देखाउँछ, त्यसरी नै शार्क ट्याङ्क नेपालले उदाउँदा उद्यमीहरूलाई अघि बढ्न मार्गदर्शन र अवसर दिनेछ’, कम्पनीले भनेको छ ।
सोको पहिलो सिजनमा नेपालका पाँच जना ख्यातिप्राप्त उद्यमी तथा उद्योगपति निर्णायकको रूपमा सहभागी हुनेछन् । आईएमई समूहका सह–संस्थापक तथा प्रबन्ध निर्देशक, हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक, क्याबिनेट श्रेष्ठ, ज्योति समूहका निर्देशक सौरभ ज्योति, भोईथ समूहकी प्रबन्ध निर्देशक, ऋतु सिंह वैद्य र नाइम्बस समूहका प्रबन्ध निर्देशक, आनन्द बगरिया सोका निर्णायक रहेका छन् ।