काठमाडौ । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले धनगढी क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ । कम्पनीले विशेष अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी धनगढीमा क्रेटा ईभी सार्वजनिक गरेको हो । कार्यक्रममा अहिलेसम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जनाइएको छ । हाल कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ ।
सोही अभियानअन्तर्गत कम्पनीले दिनेश फोर हुइलर्स प्रालि (हुन्डाईको आधिकारिक डिलर)को आयोजनामा होटल फ्लोरा, छटकपुर, धनगढीमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो, जहाँ क्रेटा ईभीसहित हुन्डाईका अरू नयाँ मोडलहरू पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडीसम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए ।