काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहितले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको आइतबार अवलोकन गरेका छन् ।
उनलाई पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, सङ्ग्रहालयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा सङ्ग्रहालयका प्रमुख मायादेवी अर्याललगायत पदाधिकारीले स्वागत गरेका थिए । राष्ट्रपति पौडेललाई राष्ट्रिय सङ्ग्रहलयमा प्रमुख नकर्मीले सङ्ग्रहालयका बारेमा जानकारी गराएका थिए ।
नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापाले राष्ट्रपति पौडेललाई नेपाली सेनाको सैनिक सङ्ग्रहालयमा पुगेपछि स्वागत गरेका थिए । उनलाई सैनिक सङ्ग्रहालयमा सङ्ग्रहालय प्रमुख सेनानी गेलान लामाले सङ्ग्रहालयका बारेमा जानकारी गराए ।