हुम्ला, प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित च्वाखोला नदीमा निर्माण सम्पन्न भएको बेलिब्रिजको उद्घाटन गरेका छन्।कर्णाली कोरिडोरअन्तर्गत पर्ने यो पुल उद्घाटनसँगै हुम्लाको सदरमुकाम सिमकोट पहिलोपटक औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो।
बेलिब्रिज नेपाली सेनाको चौध बाइनी निर्माण टोलीले असार १० गते निर्माण सम्पन्न गरेको हो। सिमकोट जोड्ने योजना अनुरूप नेपाली सेना चैत १० गतेदेखि निर्माण कार्यमा खटिएको थियो।छोटो समयमै निर्माण सम्पन्न भएकोमा हुम्लावासीमा उत्साह थपिएको छ। उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सहभागी थिए।