काठमाडौं । गरिबी तथा विपन्न समुदायमा काम गर्दै आइरहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय खनार सुनसरीले असार २० गतेका दिन बेरोजगार गरिब समुदायका १० जनालाई सिटी सफारी वितरण गरेको छ । ज्यालामजदुरी गरी हातमुख जोर्न समस्या रहेको, दैनिकरूपमा समेत काम नपाउने, एक जनाको कमाइले परिवार चलाउने आर्थिकरूपमा एकदमै कमजोर युवाहरूलाई लक्षित गरी सहुलियत ब्याजदरमा तिर्ने गरी सफारी दिएको संस्थाले जानकारी दिएको छ ।
फरवार्ड माइक्रोफाइनान्सले गणपति पिजी एन्ड सप्लायर्स विराटनगरसँग खरिद गरी उनीहरूलाई तालिम समेत प्रदान गरी सफारी हस्तान्तरण गरिएको थियो । प्रतिसफारी दुई लाख ६५ हजार रुपैयाँ खरिद मूल्य रहेको संस्थाले जनाएको छ ।
सफारी वितरण कार्यक्रममा फरवार्ड माइक्रोफाइनान्सका कर्जा विभाग प्रमुख बचनकुमार चौधरी, शाखा कार्यालय खनारका शाखा प्रमुख सिमला कुमारी चौधरीबाट संयुक्तरूपमा ग्राहकहरूलाई हस्तान्तरण गरिएको थियो ।
यो कार्यले बेरोजगारीहरूलाई स्वरोजगार बनाउनुका साथै परिवार चलाउन सहज हुने र आर्थिकरूपमा सुधार हुने अपेक्षा गरिएको संस्थाले जनाएको छ । संस्थाले प्रविन चौधरी, कारीलाल चौधरी, खातुन बेगम, धनिद्र मगर, तुलाराम चौधरी, मनिराज मगर, श्यामकरण ऋषिदेव, हुसैन आलम मिया, फरिदा खातुन र मो. सजादलगायतका बेरोजगार, गरिब तथा विपन्न समुदायका मानिसलाई सफारी हस्तान्तरण गरेको जानकारी दिएको छ ।