काठमाडौं । हाइलाइफले नयाँ उत्पादनको रूपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाइलाइफले एक्स्ट्र लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको छ ।
नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गदै कम्पनीले नयाँ प्रोडक्टका रूपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको हो । ‘जिआई राइस’ मधुमेहका बिरामीको लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरायसी भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
अन्य बासमती चामलहरूको तुलनामा हाइलाइफ फुड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिकतत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ ।
हाइलाइफ फुड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले प्रत्येक नेपाली परिवारलाई गुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्ने उद्देश्यमा कम्पनी प्रतिबद्ध रहेको बताए । उनका अनुसार हाइलाइफ प्रिमियम बासमती चामल स्वादिलो हुनका साथै स्वास्थ्यवद्र्धक समेत छ । पछिल्लो समय हाइलाइफ फुड्सले विभिन्न उत्पादनमा जोड दिँदै आएको र व्यावसायिक दायरा विस्तार गरिरहेको छ ।
कम्पनीले किसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दै रोजगारी सिर्जना र उत्पादन क्षमता वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिँदै आएको छ । अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटल युग अनुकूल सेवा प्रणालीमार्फत उद्योगमा अग्रणी भूमिका खेल्ने कम्पनीको लक्ष्य रहेको छ । गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले प्रत्येक उत्पादनमा उच्चतम मापदण्डको पालना गर्ने पनि जनाएको छ । उपभोक्ताको आवश्यकता र जीवनशैलीअनुसार नवीन उत्पादन विकास, गुणस्तरमा सम्झौता नगरी सबैका लागि सुलभ उत्पादन उपलब्ध गराउने, सरोकारवालासँग पारस्परिक सम्मान र सहकार्य, इमानदारी तथा पारदर्शिता कम्पनीका मूल सिद्धान्तहरू हुन् ।
हाल हाइलाइफ प्रिमियम बासमती चामल देशभर उपलब्ध रहेको जनाइएको छ । यो चामल एक किलो, पाँच किलो र २० किलोमा उपलब्ध छ ।