काठमाडौं । शंकर ग्रुपको जगदम्बा मोटर्सले काठमाडौंको अटोमोटिभ हब रहेको थापाथलीमा प्रोटोन इमासको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । सो सोरुमको प्रोटोन इमासका ग्राहक गायक तथा संगीत निर्माता ब्रिजेश श्रेष्ठ र जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री तथा निर्माता केकी अधिकारीले एक कार्यक्रमका बीच संयुक्तरूपमा उद्घाटन गरेका थिए ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले जगदम्बा मोटर्सबाट लगभग २५ प्रोटोन इमास सोरुम खोल्ने जानकारी दिए । उनका अनुसार यी सोरुमहरू कम्पनीको स्वामित्वमा रहने र कम्पनीद्वारा सञ्चालित हुनेछन् । सोरुम उद्घाटन कार्यक्रममा कम्पनीले नेपाली बजारमा आफ्नो विश्वास प्रदर्शन गर्दै प्रोटोन इमास–७ पाँच जना ग्राहकहरूलाई हस्तान्तरण गरेको थियो । कम्पनीले अभिनेत्री केकी अधिकारीलाई समेत प्रोटोन ईमास–७ हस्तान्तरण गरेको हो ।