काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ बस्ने सिन्धुली दुधौली नगरपालिका–८ घर भएका ३० वर्षीय प्रलाद खड्का र काठमाडौं चन्द्रागिरी नगरपालिका–६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ घर भएका ३६ वर्षीय सुनिल लामा रहेका छन् ।
कार्यालयका अनुसार प्रलादलाई काठमाडौं महानगरपालिका–७ चावहिल गंगाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरी नगरपालिका–५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरिएको हो । पक्राउ परेका मध्ये प्रलादलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र सुनिललाई इलाका प्रहरी कार्यालय सिमरा बारा पठाइएको जानकारी उक्त कार्यालयले दिएको छ ।
