काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन झिनो अंकले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने २२ दशमलव ३५ अंकले ओरालो लागेर २६ सय ८४ दशमलव शुन्य एक बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १३ अंकले ओरालो लागेर चार सय ५९ दशमलव ६६ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ७१ हजार तीन सय १३ कित्ता शेयर किनबेच भएको छ । जसबाट एक करोड ९४ लाख १५ हजार छ सय ८८ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब ३७ करोड ७३ लाख २७ हजार एक सय ४७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेर बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।