काठमाडौं , नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधनका विषयमा दृढ प्रतिबद्धता जनाउँदै सरकारलाई विभिन्न जनसरोकारका विषयमा ध्यानाकर्षण गराएको छ।
असार १६ गतेदेखि सुरु भएर सोमबार सम्पन्न बैठकले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधन प्रक्रियालाई प्राथमिकता दिने निर्णय गरेको छ। संविधान संशोधनबारे पार्टीभित्र छलफल र सरोकारवालासँग संवाद गर्न कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
कांग्रेसले संविधानको रक्षा र कार्यान्वयनलाई आफ्नै नेतृत्वको जिम्मेवारी भन्दै स्पष्ट अडान लिएको छ।
सरकारप्रति कांग्रेसको आग्रह:
मलखादको आपूर्ति र वितरण प्रणाली सुधार गर्न, किसानलाई सहज पहुँच सुनिश्चित गर्न आग्रह।
विषादी तथा प्राङ्गारिक मलको उत्पादन, प्रयोग र नियमनमा सुधार गर्न सुझाव।
स्वदेशमै रोजगारी सिर्जना, कानुनी झन्झट र कर प्रणाली सुधार गर्न सरकारलाई आग्रह।
सुन–चाँदीलाई विलासिताको वस्तु मान्ने निर्णय गलत भन्दै नीतिगत सुधार र व्यवसायीसँग वार्ता गर्न दबाब।
भारी वर्षाका सम्भावित असर रोक्न पूर्वतयारी गर्न र चिकित्सकहरूसँग तत्काल संवाद गर्न सरकारलाई आग्रह।
बैठकले तत्कालीन जनचासोका विषयमा जिम्मेवार ढंगले सरकारको ध्यान खिच्दै दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ।