काठमाडौँ । बाढीले क्षति पुर्याएको स्थानमा उद्धार र राहतमा जुट्न नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सामाजिक सञ्जालमार्फत कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सभापति देउवाले उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन् । उनले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री वितरणलाई प्रभावकारी रुपमा तत्काल अघि बढाउन सरकारलाई अनुरोध पनि गरेका छन् ।
हालसम्म उक्त बाढीमा परेर छ चिनियाँ नागरिकसहित १८ जना हराइरहेका छन भने नौ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।