काठमाडौँ ,सत्तासाझेदार प्रमुख दुई दलका शीर्ष नेताहरू आकस्मिक छलफलमा जुटेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू सहभागी भएका हुन्।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन्।
बैठक रसुवामा आएको बाढीका कारण मितेरी पुल, टिमोरिया भन्सार र जलविद्युत आयोजनामा भएको क्षति र त्यसको प्रभावबारे केन्द्रित रहेको बताइएको छ। प्रधानमन्त्री ओलीले उक्त छलफललाई प्राथमिकता दिँदै अन्य निर्धारित कार्यक्रमहरू रद्द गरेका छन्।