काठमाडौँ, काठमाडौँको बौद्धबाट स्रोत नखुलेको १ करोड ४४ लाख नेपाली रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।प्रहरीका अनुसार बौद्धमा डेरा लिएर बस्दै आएका ४० वर्षीय वाङ जियाङलाई मंगलबार विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले उनको डेराबाट नगदसहित नियन्त्रणमा लिएको हो। वाङको साथबाट फेला परेको रकमको स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।