काठमाडौं । घरेलु उपकरण निर्माता माइडियाले नेपालमा आफ्नो नयाँ ब्लु स्माइल सिरिज माइक्रोवेभ ओभन सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यो सिरिजमा प्रयोग गरिएको इन्भर्टर क्वाट्रो टेक्नोलोजीले खाना समानरूपमा तताउने, ऊर्जा–दक्ष र भरपर्दो कुकिङ अनुभव सुनिश्चित गर्नेछ । यसमा दिइएको १० वर्षे वारेन्टीले दीर्घकालीन भरपर्दो प्रदर्शनको ग्यारेन्टी प्रदान गर्ने पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्लु स्माइल सिरिज दुई भिन्न मोडलहरूमा उपलब्ध छ, यसले उपभोक्ताको विभिन्न आवश्यकताअनुसार रोज्न सक्ने सुविधा दिन्छ । यसको डिजाइन स्मार्ट र स्टाइलिस छ, जुन नेपाली भान्सासँग सजिलै मेल खान्छ ।