काठमाडौं । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । साधारण सेयर (आईपीओ) निष्काशनका लागि कम्पनी र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच दुई पक्षीय सम्झौता भएको हो । एक कार्यक्रमका बीच गर्जाङ उपत्यका हाइड्रो पावरका तर्फबाट अध्यक्ष अरुणकुमार सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पुँजी ५० करोड रकमको २० प्रतिशत प्रतिशतले हुन आउने अर्थात् १० करोड रकमबराबरको एक सय रूपैयाँ अंकित दरका १० लाख कित्ता आईपीओ सर्वसाधारणहरूलाई बिक्री गर्नेछ । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेड विसं २०६० पुस २१ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापति कम्पनी हो । यो कम्पनी विसं २०७० चैत २४ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो ।