काठमाडौं । ढल निर्माण ठेक्कामा अनियमितताको आरोपमा मुद्दा परेको काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय प्रदीप परियारलाई २५ हजार, निर्देशक वसन्त आचार्य र नमराज ढकाललाई ५०/५० हजार रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ। बुधबार तीनै जना अदालतमा उपस्थित भएका थिए। न्यायाधीश तेजनारायण सिंह राईको इजलासमा बयान र थुनछेक बहसपछि धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।