काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही साउन २३ गते काठमाडौंमा २९औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभाले कम्पनीको सञ्चालक समितिले यसअघि नै निर्णय गरेबमोजिम हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र शून्य दशमलव ९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । सभाले प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ४७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारणसभामा लाभांशसहितका विविध प्रस्ताव पेस हुनेछन् । कम्पनीले आव २०८०/०८१को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ९४७४ प्रतिशत नगद लाभांश गरी कुल १८ दशमलव ९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।