काठमाडौ । नेपाल टेलिकमले मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले बिहीबारदेखि लागू हुने गरी ल्याएको मनसुन अफरमा विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू उपलब्ध गराउने भएको छ ।
कम्पनीको अफरअन्तर्गत विभिन्न सुविधासहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिकरूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनससहितका प्याकेज छन् । साथै, सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने छ । ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५३ डायल गरेर वा ‘नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरूसम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् ।
कम्पनीले ग्राहकको सन्तुष्टि र चाहनालाई प्राथमिकता दिँदै सञ्चार तथा सूचना प्रविधिको महत्वलाई ध्यानमा राखी नवीनतम सेवाहरू उपभोक्तामाझ विस्तार गर्दै जाने क्रममा समयसापेक्षरूपमा प्याकेज तथा अफरहरू प्रदान गर्दै आएको छ ।