काठमाडौ । याडिया नेपालले नेपाली ग्राहकहरूका लागि एक विशेष उपहारमूलक अफर ल्याएको छ । कम्पनीले लगातार आठ वर्षसम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड बन्न सफल भएको उपलब्धिलाई स्मरणीय बनाउन यो अफर ल्याएको हो ।
अफरअन्तर्गत कम्पनीले याडिया ई८एस प्रो स्कुटरको खरिदमा भारी छुट दिएको छ । यो स्कुटर सुविधा, स्टाइल र शक्ति सबैमा अग्रणी स्कुटर हो । कम्पनीले सीमित स्टकका लागि यो स्कुटर एक लाख ८५ हजार रुपैयाँमा उपलब्ध गारएको छ । यसको मुल्य यसअघि दुई लाख ३० हजार रुपैयाँ तोकिएको थियो । साथै, कम्पनीले प्रत्येक स्कुटर खरिदमा ग्राहकहरूलाई हेल्मेट, रेनकोट र पेन उपहारस्वरूप प्रदान गर्नेछ । कम्पनीका अनुसार याडिया ई८एस प्रो स्कुटर स्मार्ट सवारी प्रयोगकर्ताहरूको लागि तयार पारिएको हो । यसमा ६० किमी/घण्टाको गति, एक चार्जमा अधिकतम एक सय ५० किमीको दायरा, ७२ भी ३८ हर्ज ग्राफिन ब्याट्री, ३ हजार वाटको मोटर पावर, १२ इञ्चका आकर्षक अलोय रिम टायर, हाइड्रोलिक सस्पेन्सन, ३२ लिटरको अन्डर–सिट बुट स्पेस, चम्किलो डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटरहरू रहेका छन् ।