काठमाडौं ।आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगिताका लागि नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।
कुल ९ टोली सहभागी प्रतियोगितामा टिमहरूलाई तीन समूहमा विभाजन गरिएको छ।
समूह १: युएई, मलेसिया, कतार
समूह २: नेपाल, कुवेत, जापान
समूह ३: ओमान, पपुवा न्यूगिनी, सामोआ
प्रत्येक समूहबाट शीर्ष २ टोली सुपर सिक्स चरणमा पुग्नेछन्। सुपर सिक्सपछि शीर्ष ३ टोलीले २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा स्थान बनाउनेछन्। नेपालसहित ओमान, युएई र पपुवा न्यूगिनी यसअघि पनि विश्वकपमा सहभागिता जनाइसकेका अनुभवी टोली हुन्। नेपालका लागि यो छनोट चरण ऐतिहासिक विश्वकप यात्रा सुनिश्चित गर्ने अवसरको रूपमा हेरिएको छ।