काठमाडौं महानगरपालिकाले लामो समयदेखि रोकिएको आगामी आर्थिक वर्षको बजेट प्रक्रिया अघि बढाउने संकेत दिँदै शुक्रबार कार्यपालिका बैठक आह्वान गरेको छ।मेयर बालेन साहको नेतृत्वमा बस्ने उक्त बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो। बैठकअघि बिहान ११ बजे बजेट स्रोत समिति र त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्ने कार्यक्रम छ।
यी सबै बैठकपछि कार्यपालिकाले नीति, कार्यक्रम र बजेटको अन्तिम प्रस्ताव तयार पार्ने र नगर सभामा पेस गर्ने निर्णय लिनेछ। संविधानले तोकेको मितिमा बजेट पेस गर्न नसक्नुमा मेयर र प्रमुख कार्यकारी अधिकृतबीचको असमझदारीलाई कारण मानिँदै आएको छ।