काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन २२ अंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि २५ दशमलव ८९ अंकले उकालो लागेर २७ सय ३१ दशमलव ८० बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ५५ अंकले बढेर चार सय ७२ दशमलव शुन्य दुई बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको ८८ हजार छ सय १५ पटकको कारोबारमा दुई करोड ६४ लाख ७० हजार आठ सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम नौं अर्ब ६८ करोड २४ लाख ८८ हजार सात सय ३९ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।