काठमाडौं, वैदेशिक रोजगारीका लागि क्रोएसिया पुगेका ११ जना नेपाली नागरिक भिसा प्रक्रिया नपु¥याई गएकाले डिपोर्ट भएर नेपाल फर्किएका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका महानिर्देशक गोविन्दप्रसाद रिजालका अनुसार, बुधबार बिहान उनीहरू क्रोएसियाबाट फर्किएका हुन्। “उता (क्रोएसिया)बाटै डिपोर्ट भएर फर्किए,” रिजालले भने, “भिसासम्बन्धी प्रक्रिया अपूरो भएकाले फर्काइएको हो।” हाल क्रोएसियामा नेपाली कामदारको माग बढ्दो छ, तर कानुनी प्रक्रिया पूरा नगरी जानु जोखिमपूर्ण हुने भएकाले श्रमिकलाई सतर्क रहन विज्ञहरूले आग्रह गरेका छन्।