काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई)ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । यही २०२५, जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि इअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेसन अफ दि इअर’ २०२५ बाट हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी सम्मानित भएको हो ।
कार्यक्रममा कम्पनीका अध्यक्ष श्री महेन्द्रकृष्ण श्रेष्ठ र निर्देशक श्री विजयकुमार पन्त स्वयम् सहभागी भई अवार्ड ग्रहण गरेका थिए । एसिया प्यासिफिक क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डका रूपमा लिइने उक्त अवार्डले सम्मानित हुँदा अन्तर्राष्ट्रियस्तरमा समेत नेपाली बीमा उद्योगको छवि थप उजागर भएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा इन्स्योरेन्स एसिया अवार्ड, सन् २०२४मा डोमेस्टिक जनरल इन्स्योरर अफ दि इअर र स्ट्राटेजिक पार्टनरसिप अफ दि इअरजस्ता महत्वपूर्ण अवार्डहरू प्राप्त गरिसकेको छ ।
बीमा क्षेत्रमा उत्कृष्ट सेवा, नवीन रणनीति तथा ग्राहकमुखी दृष्टिकोणका कारण (एचइआई) लगातार अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा बटुल्दै आएको छ । यस वर्ष प्राप्त दुई विधाका अवार्डले कम्पनीको व्यवसायिक नेतृत्व क्षमता र नवप्रवर्तनशील सोचलाई अझ पुष्टि गरेको छ ।
कार्यक्रममा सहभागी भएर अवार्ड ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘यो अवार्ड सम्पूर्ण टिमको कठिन परिश्रम र प्रतिबद्धताको नतिजा हो । हामीले हाम्रा ग्राहकप्रति गरेको सेवा प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यता पाउँदा हामी अत्यन्त गर्वित भएका छौँ ।’ त्यसैगरी उक्त कार्यक्रममा निर्देशक पन्तले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बीमा कम्पनीले पाएको सम्मानले आगामी दिनमा अझ जिम्मेवार र सशक्तरूपमा अघि बढ्ने प्रेरणा मिलेको बताए ।