धादिङ, धुनीवेशी नगरपालिका–४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई सार्वजनिक किर्ते मुद्दामा संलग्न रहँदै फरार रहेका बेला शनिबार बिहान काठमाडौँको कलंकीबाट प्रहरीले पक्राउ गरेको छ। सात महिनादेखि फरार रहेका सुवेदीले उमेर नपुगेको नाबालकलाई बालिग देखाई झुटो जन्म प्रमाणपत्र तयार पारेर त्यसको आधारमा नागरिकता बनाइ जग्गा बिक्री गरेको अभियोगमा जिल्ला अदालत धादिङमा मुद्दा दायर गरिएको थियो। प्रहरीको खोजी सूचीमा रहेका सुवेदीलाई पक्राउ गरी थप अनुसन्धानका लागि धादिङ ल्याइएको छ। उनी २०७४ मा नेकपा एमाले र २०७९ मा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।